२४ बैशाख २०८१, सोमबार
पल शाहद्धारा जाजरकोटकाका २०३ बिधार्थीलाइ ज्याकेट बितरण
  • काँचुली खबर

१३ माघ, जाजरकोट । अभिनेता पल शाहको पहलकदमीमा जाजरकोटका बिधार्थीलाई ज्याकेट बितरण गरिएको छ ।

हाम्रो टिम नेपालमार्फत जाजरकोटमा शाहका समेत पहलकदमीमा सो बिधार्थीहरूलाई ज्याकेट बितरण गरिएको हो ।

जाजरकोट जिल्ला जुनिचादे गापा वडा न-९ श्री आदर्श प्राविका २०३ बिद्यार्थीलाई ज्याकेट बितरण गरेका छौ, सहयोगी सम्पूर्ण मनहरुलाई धन्यबाद,’ अभिनेता शाहले भने ।

तर, जाजरकोट लैजाने क्रममा हराएको ४६ पिस ज्याकेटको बोरा चाँही अहिलेसम्म नभेटेको उनले जानकारी दिएका छन । उक्त बोरा फेला पार्नेलाइ १५ हजार पुरस्कार दिने अभिनेता शाहले घोषणा गरेका छन ।

  • १३ माघ २०८०, शनिबार १४:२२ प्रकाशित
  • Nabintech