२३ बैशाख २०८१, आईतवार
नेपालले पाकिस्तानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्दै
  • काँचुली खबर

१० माघ, काठमाण्डौं । आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले टस जितेको छ । कप्तान देव खनालले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले न्युजिल्यान्डविरुद्धको पहिलो खेलबाट टोलीमा तीन परिवर्तन गरेको छ । ओपनर दीपक बोहोरा, मध्यक्रम ब्याटर दीपक डुम्रे र स्पिनर तिलकराज भण्डारी टोलीबाट बाहिर रहेका छन् । विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्ता टोलीमा आएका छन् ।

नेपालको प्लेइङ ११ :

अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, देव खनाल (कप्तान), उत्तम थापा मगर (विकेटकिपर), गुलशन झा, दीपक डुम्रे, दिपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता

  • १० माघ २०८०, बुधबार १३:४० प्रकाशित
  • Nabintech