४ बैशाख २०८१, मंगलवार
कोहलपुरमा १ घण्टा चक्काजाम !
  • काँचुली खबर

कानुन मन्त्री शेर बहादुर तामाङले दिएको अभिब्यक्ती आपत्ती जनक भएको भन्दै नेपाल विद्यार्थी संघले बाँकेको कोहलपुरमा १ घण्टा चक्का जाम गरेको छ । कानुन, न्याय एवं संसदीय मामिला मन्त्री तामाङले नेपाली चेलीहरुले बङ्गलादेशमा शरिर बेचेर मात्र डाक्टरी पढ्न पाउने भन्दै केही दिन पहिले दिएको अभिब्यक्तीको बिरोधमा नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताहरु सडकमा उत्रिएका हुन ।
उनिहरुले बि एण्ड सि मेडिकल कलेजका संचालक दुर्गा प्रसाईले दिएको अभिब्यक्तिको समेत बिरोध जनाएका छन । मन्त्री तामाङ र प्रसाईले दिएको अभिब्यक्तीले सामाजिक सुब्यवस्थामा खलल पुर्याएको र आम विद्यार्थीहरुमाथी प्रश्न चिह्न खडा गरेकाले त्यसको बिरोधमा चक्काजाम गरिएको नेवि संघका आमन्त्रीत केन्द्रिय सदस्य कमल बहादुर शाहीले जानकारी दिए ।
शाहीको नेतृत्वमा सडकमा उत्रिएका नेवि संघका नेता तथा कार्यकर्ताहरुले मन्त्री तामाङको राजिनामा माग गर्दै नाराबाजी समेत गरेका थिए ।

यद्यपी मन्त्री तामाङले आफुले नेपाली विद्यार्थीहरुको चरित्रमा आक्षेप लाग्ने गरि कुनै अभिब्यक्ति नदिएको भन्दै विज्ञप्ती मार्फत सार्वजनिक रुपमा माफी मागिसकेका छन ।

 

भिडियोमा हेरौं नेवि संघको बन्द

  • ७ श्रावण २०७५, सोमबार १३:५० प्रकाशित
  • Nabintech