१९ बैशाख २०८१, बुधबार
आजदेखि यू-१९ क्रिकेट विश्वकप, नेपालको पहिलो खेल आइतबार
  • काँचुली खबर

५ माघ, काठमाडौं । आईसीसी यू-१९ क्रिकेट विश्वकपको १५औं संस्करण दक्षिण अफ्रिकामा आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने विश्वकप माघ २८ (फेब्रुअरी ११) सम्म चल्ने छ ।

विश्वकपका खेलहरु पोचेस्ट्रम, ब्लोएमफोन्टेइन, बेनोई, किम्बेरले र इस्ट लण्डनमा आयोजना गरिने छ भने सबै खेल नेपाली समयअनुसार पौने २ बजे सुरु हुनेछन् ।

विश्वकपमा १२ टेष्ट राष्ट्रका युवा टोलीसहित चार एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् । समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका छन् ।

समूह ’बी’ मा भने इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया रहेका छन् ।

विश्वकपको पहिलो दिन आज समूह ‘ए’ का आयरल्यान्ड र अमेरिकाबीच तथा समूह ‘बी’ मा दक्षिण अफ्रिका र वेस्ट इन्डिजको खेल हुँदैछ । दुवै खेल नेपाली समय अनुसार दिउँसो पौन्य २ बजेबाट सुरु हुनेछ ।

नेपालले भने आफ्नो पहिलो खेल आइतबार न्युजिल्यान्डसँग खेल्नेछ । यू १९ विश्वकपका सबै ४१ वटा खेल टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुने आईसीसीले जनाएको छ ।

  • ५ माघ २०८०, शुक्रबार १२:१७ प्रकाशित
  • Nabintech