१६ चैत्र २०८०, शुक्रबार
कांग्रेस नेता भट्ट मृत फेला
  • काँचुली खबर

नेपाली कांग्रेसका नेता एवं तत्कालीन लाली गाविस उपाध्यक्ष रहेका लेकम गाउँपालिका वडा नम्बर २ का प्रमानन्द भट्ट मृत फेला परेका छन् । काठमाण्डौबाट घर फर्किने क्रममा आइतबार बेलुकी सल्सेना नजिकै सेजाली गाउँमा मृत फेला परेका हुन् ।
लामो समयदेखि काठमाण्डौमा पत्निको उपचारको लागि गएका भट्ट घर फर्किने क्रममा बाटोमा लडेकै अवस्थामा मृत भेटिएको स्थानीयले बताएका छन् । उनका पत्नि गायत्री भट्ट विगत ५-६ महिनायता काठमाण्डौमा उपचाररत छन । घटनाको बारेमा जानकारी लिन इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

  • ७ श्रावण २०७५, सोमबार १२:५५ प्रकाशित
  • Nabintech