२३ बैशाख २०८१, आईतवार
नेपालमा बनेको स्याटलाइट प्रक्षेपण गरीने
  • काँचुली खबर

१९ पुष, काठमाडौं । नेपालमा बनेको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण हुने भएको छ। काठमाडौंमा आयोजित नेपाल(भारत संयुक्त आयोगको बैठकमा नेपालमा बनेको स्याटलाइटलाई प्रक्षेपण गर्ने विषयमा सहमति भएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपालमा बनेको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण गर्ने विषयमा सहमति भएको बताए। “नेपालले बनाएको स्याटलाइटलाई भारत सरकारको सहयोगमा प्रक्षेपण गर्ने विषयमा बैठकमा सहमति जुटेको छ । छिट्टै नेपालको स्याटलाइट प्रक्षेपण गर्नेछौं” उनले भने।

बैठकमा चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ। जसमा १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने, नेपालले बनाएको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण गर्नेलगायत रहेका छन्।

  • १९ पुष २०८०, बिहीबार १७:०१ प्रकाशित
  • Nabintech