२४ बैशाख २०८१, सोमबार
“साउदी मलेसिया” गित गाउँदा भक्कानिए दर्शक
  • काँचुली खबर

१६ पुस, नेपालगन्ज । नेपालगन्ज महोत्सवकाे एघारौ दिन चर्चित गायक गोपाल जिएमको प्रस्तुतीले दर्शक भावुक भएका छन । जिएमले “साउदी मेलेसिया” बोलको गित गाउदा अधिकाशं दर्शक भावुक भएका थिए भने धेरैकाे आँखामा आँसु छल्किएकाे थियाे ।

स्टेजमा चढ्ने वित्तिकै विदेश गएका छोराहरुको सम्झनामा जिएमले गित गाएपछि दर्शक धुरुधुरु रोएका थिए । उनले आफ्ना आधा दर्जन चर्चित गित गाएर दर्शकहरूलाई मनाेरञ्जन प्रदान गरेका थिए ।

त्यसैगरी गायक संजिव सिंह राणाले गित गाएका थिए भने सि.ए. साउदले विभिन्न नेताहरुको क्यारिकेचर सहितकाे हाँस्यब्यङ्गे खुराक पस्केका थिए । महोत्सबमा चर्चित कलाकारहरुको प्रस्तुतीसंगै स्थानिय सगरमाथा डान्स ग्रुपको बेजोड प्रस्तुती रहेको थियो ।

महोत्सबमा भोली (मंगलवार) चर्चित भोजपुरी मोडल तथा टिकटक स्टार प्रिती पासवान, गायीका रचना रिमाल लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने महाेत्सब संयोजक नन्द बुढाले जानकारी दिए ।

  • १६ पुष २०८०, सोमबार २०:४९ प्रकाशित
  • Nabintech