२५ बैशाख २०८१, मंगलवार
विवादमुक्त हुन सकेन काेहलपुर मेयर कप
  • काँचुली खबर

१४ पुस, काेहलपुर । कोहलपुरमा शुक्रबार सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगिता सम्पन्न भयाे । काेहलपुर नगरपालिका अन्तर्गतकाे खेलकुद विकास समितिले पहिलाे पटक संचालन तथा ब्यवस्थापनकाे जिम्मेवारी लिएकाे प्रतियोगिता विवादमुक्त भने हुन सकेन ।

प्रतियाेगिता उद्घाटनकै दिन मार्चपासका क्रममा झण्डै आधा दर्जन वालवालिका बेहाेस भए । आयाेजककाे कमजाेर ब्यवस्थापनका कारण विहानै देखि खालि पेटमा मैदानमा उभिएका वालवालिकाहरू मार्चपास गर्ने क्रममा धमाधम बेहाेस भएर लडेका थिए ।

नगरभित्रका ३६ विद्यालय सहभागी भएकाे प्रतियोगितामा फर्जि खेलाडि सहभागी गराएकाे विषयले प्रतियाेगिताकाे औचित्यमाथी नै प्रश्न चिन्ह खडा गरिदिएकाे छ । यस विषयमा विवाद बढ्दै गएपछि ६ वटा विद्यालयमाथी अनुसन्धान थालिएकाे र एक विद्यालयलाई ३० हजार नगद जरिवाना गरीएकाे आयाेजकले जनाएकाे छ । आयाेजकका अनुसार प्रतियाेगितामा फर्जि खेलाडि सहभागी गराएकाे पुष्टि भएमा विद्यालयले प्राप्त गरेकाे उपाधि फिर्ता लिईनेछ ।

यस विषयमा समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले मेयर कपलाई थप व्यस्थित र परिस्कृत गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गरे ।

उनले समग्रमा प्रतियोगिता सव्य र भव्य भएपनि केही विद्यालयले फर्जि खेलाडी प्रतिस्पर्धीकारुपमा खेलाएको प्रति असन्तुष्टि जनाए । ‘६ वटा विद्यालयले फर्जी खेलाडी खेलाएको भनिएको छ, उनीहरुमाथि छानविन भइरहेको छ’, उनले भने, दोषी प्रमाणित भए उनीहरुलाई अर्को पटकको संस्करणमा भाग लिन नपाउने गरी कारवाही गरिन्छ ।’ पुरस्कार जित्नका लागि फर्जी खेलाडी खेलाउने विद्यालय, शिक्षक, प्रशिक्षक समेतलाई छानविन गरेर कारवाही गरिने आचार्यले बताए ।

‘खेलक्षेत्रमा सम्भावना बोकेका र प्रतिस्पर्धामा विजयी हुने सपना बोकेका खेलाडी विद्यार्थीमाथि तेजोवध गर्ने कार्य सह्य छैन’, आचार्यले भने, ‘खेलाडी विद्यार्थीलाई अझैपनि कसैमाथि शंका लाग्छ भने आइतवारसम्म शिक्षा शाखामा निवेदन दिनुहोस्, फर्जी भेटिए पदक खोसिन्छ र संलग्नलाई कारवाही हुन्छ ।’

  • १४ पुष २०८०, शनिबार १०:२१ प्रकाशित
  • Nabintech