६ जेष्ठ २०८१, आईतवार
कोहलपुर नगरपालिकाकोे ११औं स्थापना दिवस मनाईयो
  • काँचुली खबर

२५ बैशाख, कोहलपुर । कोहलपुर नगरपालिकाले आज आफ्नो ११औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अबसरमा मंगलबार बिहान प्रभातफेरी कार्यक्रमको आयोजना गरीएको थियो । नगरपालीका कार्यालय अगाडीबाट सुरु भएको प्रभात फेरी खुल्ला मन्चमा पुगेरसभामा परिणत भएको थियो ।

११औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश क्षेत्र नं. १ का संघिय माननिय सांसद सुर्य प्रसाद ढकालले कोहलपुरको समग्र विकासका निम्ति सबै एकजुट हुनुपर्ने बताए । राजनैतिक परिवर्तन ल्याउन केहि दल ब्यक्तिले सम्भव भएपनि सामाजिक आर्थिक परिवर्तन र विकासका निम्ति सबै जनता, दल र क्षेत्रको महत्वपुर्ण भुमिका अपरिहार्य रहेको औंल्याउदै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका ढकालले समाज परिवर्तनका निम्ति जहाँबाट भुमिका खेल्न सकिन्छ त्यहाँबाट ईमान्दारीता र जवाफदेहिताका साथ लागीरहने कुराले महत्व राख्ने बताए ।

यस्तै लुम्विनी प्रदेशका सांसद कृष्ण केसि (नमुना)ले कोहलपुरलाई कसरी सम्बृद्ध बनाउन सकिन्छ र यहाँको बिकासका कुराहरुमा कसरी केन्द्रित हुन सकिन्छ भन्ने विषयमा सबै पक्षको एकै स्वर र एकै बोली हुनुपर्नेमा जोड दिईन् । उनले पश्चिम् नेपालको केन्द्र बिन्दुमा रहेको कोहलपुरमा अथाह सम्भावनाहरु रहेको औंल्याउदै प्रयाप्त ती सम्भावनाहरुलाई राजनैतिक रुपमा एक्यवद्धताको मात्र खाँचो रहने जिकिर गरीन् ।

कार्यक्रमा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्ण प्रसाद आचार्यले आफु जनप्रतिनिधि भएर पनि कोहलपुरको विकासमा खासै सन्तुष्टि नभएको बताउदै कोहलपुरको विकासको निम्ति सम्पुर्ण कोहलपुरवासी एकजुट भएर लाग्नु पर्ने बताए । कोहलपुरमा राम्रो कामको प्रशंसा गर्नु भन्दा नराम्रो काम खोतल्दै बिरोध सिर्जना गर्ने प्रवृति बढेको जिकिर गर्दै आचार्यले यि सब कुराले बिकासमा अवरोध सिर्जना गरेको बताए ।

नगर प्रहरीको स्वागत गित तथा उप प्रमुख संगिता सुवेदीको स्वागत मन्तब्य संगै प्रारम्भ भएको स्थापना दिवस समारोहमा लुम्विनी प्रदेशका माननिय सांसदहरु दुर्गा प्रसाद चौधरी, वसन्ती अधिकारी, नेपाली काँग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौडेल, नेकपा एमाले नगर अध्यक्ष कुल प्रसाद भट्टराई, नेकपा माओवादि केन्द्रका नगर अध्यक्ष अवराज खडका, राष्ट्रिय स्वतन्त्र पार्टिका लुम्विनी प्रदेश संयोजक डा. राज कुमार सुवेदी, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य अब्दुल हुसेन खाँ, राष्ट्रिय प्रजातन्त्र पार्टिका जिल्ला सचिव रुद्रमणि न्यौपाने, प्याब्सन बाँकेका अध्यक्ष यम रावत, कोहलपुर नगरपालिकाका पुर्व नगर प्रमुख लुट वहादुर रावत लगाएत बक्ताहरुले सम्वोधन गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिती बाँकेकी उपाध्यक्ष सिता कार्कि, बाँके प्रहरी प्रमुख कुल वहादुर कार्कि, खजुरा गाउपालिकाका उपाध्यक्ष मञ्जु मल्ल, कोहलपुर नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकाल, एमाले लुम्विनी प्रदेश सदस्य गोपाल गिरी, एमाले, बाँके सचिवालय सदस्य बलराम भट्टराई, एकिकृत समाजवादिका नगर अध्यक्ष शिव डाँगि, नेपाली काङग्रेस क्षेत्रिय सभापति बलराम शर्मा, ३० नं. गणका गणपति विमल डाँगि, ४२ नं. गणका गणपति क्षितिज खत्रि, नौवस्ता तालिम केन्द्र प्रमुख प्रविन कडेल, शिक्षण अस्पताल कोहलपुरका प्रबन्ध निर्देशक सुरेश कनौडिया, उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र वहादुर अधिकारी, पुर्व नगर विकास समितीका अध्यक्षहरु, पुर्व तथा वर्तमान जनप्रतिनिधिहरु, बिभिन्न बिद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको समेत सक्रिय सहभागिता रहेको थियो ।

यसैबिच स्थापना दिवसको अवसरमा बिभिन्न ब्यक्ति तथा संस्थालाई सम्मानित गरीएको थियो । उत्कृष्ट निर्माण ब्यबसायीहरुमा डि.एन. कन्ट्रक्सन कोहलपुरका सञ्चालक मीना वली, उत्कृष्ट सफाईकर्मि (मालि) दल बहादुर खत्रि, दमकल चालक यम बहादुर गुरुङ र उत्कृष्ट नगर प्रहरीमा प्रहरी सहायक निरीक्षक डिल्लि बहादुर चन्दलाई नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरीएको थियो ।

यसैगरी उत्कृष्ट करदाताको रुपमा ब्यक्तिगत तर्फ एक लाख दश हजार ८ सय अठार हजार रुपैयाँ कर बुझाएर सञ्जय ढकाल र संस्थागतर्फ लर्ड बुद्ध एजुकेशनल नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले २७ लाख ७२ हजार ८ सय सन्ताउन्न रुपैयाँ कर बुझाउदै उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन ।

कार्यक्रममा नगरभित्रका उत्कृष्ट शिक्षक, कर्मचारी, बिभिन्न तहको परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय तथा उत्कृष्ट विद्यार्थीहरुलाई समेत सम्मान गरीउको थियो ।

  • २५ बैशाख २०८१, मंगलवार १७:५६ प्रकाशित
  • Nabintech