६ जेष्ठ २०८१, आईतवार
स्थापना दिवसको अवसरमा भोली कोहलपुरमा सार्वजनिक बिदा
  • काँचुली खबर

२४ बैशाख, कोहलपुर । कोहलपुर नगरपालिकाले भोली सार्वजनिक बिदा दिएको छ । आफ्नो ११ औं स्थापना दिवसका अवसरमा भोलि २५ गते नगर भित्र रहेका सरकारी तथा गैर सरकारी कार्यालयहरु, सम्पुर्ण शैक्षिक संस्था तथा मातहतका कार्यालयहरुमा सार्वजनिक विदा दिईएको हो ।

२५ गते विहान साढे ६ बजेदेखि प्रभातफेरीको आयोजना गरेको नगरपालिकाले लगत्तै खुल्ला मञ्चमा आधिकारीक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सहभागिता जनाउने भएपछि नगर भरी सार्वजनिक बिदा दिईएको नगरपालीकाले एक सूचना मार्फत जानकारी दिएको छ ।

  • २४ बैशाख २०८१, सोमबार १५:०४ प्रकाशित
  • Nabintech