दिलबहादुर सुनारले उचाले प्रथम बाँके डान्स आईडलकाे उपाधि
  • काँचुली खबर

बाँके डान्स आइडल-२०७५ को उपाधि दिलबहादुर सुनारले जितेका छन् । भेरी प्राविधिक शिक्षालय नेपालगन्जकाे हलमा शनिबार भएकाे फाईनल चरणमा  सहभागि भएका १६ प्रतिस्पर्धिहरुलाई उछिन्दै बाँके खजुरा एल गाउँका दिल बहादुर सुनार प्रथम भएका हुन । प्रतियोगिताकाे बिजेता हुँदै सुनारले नगद रु. १ लाख तथा ट्रफी हात पारे ।

प्रतियोगितामा खजुराकि समिक्षा थापाले द्वितीय हुँदै ५० हजार रुपैयाँ प्राप्त गरिन भने काेहलपुर पिपरीकी शुलेष्मा ओलि र कोहलपुर कै सन्चिता राना मगर संयुक्त रुपमा तृतीय हुन सफल भए । उनिहरुले पुरस्कार स्वरुप २५/२५ हजार नगद प्राप्त गरे ।

बाँकेमा संचालित प्रतियोगिताहरु मध्ये सबैभन्दा बढी पुरस्कार राशिकाे उक्त प्रतियाेगिताकाे फाईनल चरणसम्म पुग्न सफल १६ जना प्रतिस्पर्धीहरुलाई नै नगद पुरस्कारद्वारा पुरस्कृत गरिएकाे प्रतियोगिताका प्रस्तुतकर्ता  दिपक श्रेष्ठले जानकारी दिए । जसमध्ये एक जनाले  वेस्ट डान्सरको उपाधी सहित ११ हजार प्राप्त गरे भने बाँकी सबैलाई ६ महिनाको छात्रवृत्ति बापत जनहि रु. ९ हजार प्रदान गरिएकाे श्रेष्ठले जानकारी दिए ।

निहारिका फिल्म्स प्रालिद्वारा आयोजित उक्त प्रतियोगिताकाे फाईनल चरणमा वरिष्ठ नृत्यकर्मिहरु निर्माणयकका रुपमा उपस्थित भएका थिए भने प्रतियोगिताकाे समापन कार्यक्रमकाे प्रमुख अतिथि चर्चित लोक गायक कमल बिके निर्मोही रहेका थिए ।

 

  • ६ श्रावण २०७५, आईतवार २३:५९ प्रकाशित
  • Nabintech