२३ बैशाख २०८१, आईतवार
अब फेसबुकको म्यासेज इडिट गर्न सकिने
  • काँचुली खबर

२६ मंसिर, एजेन्सी । विश्व चर्चित प्रविधि कम्पनी मेटाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा म्यासेज इडिट गर्न सक्ने फिचर प्रदान गरेको छ ।

फेसबुक म्यासेन्जरमा अब म्यासेज पठाइसकेपछि पुनः सम्पादन गर्न सकिने मेटाले जनाएको छ । मेटाका अनुसार फेसबुक इडिट फिचर म्यासेज पठाएको १५ मिनेटभित्र प्रयोग गरिसक्नुपर्नेछ । अन्यथा उक्त फिचरले काम गर्नेछैन ।

स्मार्टफोनमा म्यासेज इडिट गर्नका लागि पठाएको म्यासेजमा क्लिक गरिराख्नुपर्छ, त्यहाँ ‘इडिट’ भन्ने विकल्प देखाएपछि भने हामीले पहिलेको म्यासेजलाई हटाएर अर्को सन्देश लेख्न सक्छौँ ।

  • २६ मंसिर २०८०, मंगलवार १४:३३ प्रकाशित
  • Nabintech