८ बैशाख २०८१, शनिबार
दुई देशबिचको सम्बन्धलाई मजबुत बनाउन पत्रकारको भुमिका आवश्यक
  • काँचुली खबर

नेपाल र भारत दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन पत्रकारको भुमिका महत्त्वपुर्ण हुने मिडिया फोटो ग्राफर्स क्लब उप-प्रदेशका अध्यक्ष एसएम पारीले बताएका छन् ।
नेपालगंजमा पत्रकारहरुसंग कुरा गर्दै पारीले नकारात्मक सोंच भन्दा पनि सकारात्मक सोंचलाई लिएर दुवै देश बिचको सम्बन्धलाई अगाडि बढाउन अवश्यक रहेको धाराणा राखे ।
नेपाल पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य एवं थर्ड एलायन्सका उप-प्रादेशीक प्रमुख आलम खानले नेपाल-भारत बिच रोटीबेटीको सम्बन्ध रहेकोेले अब पत्रकारहरुका बिच पनि मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्न आवश्यक रहेको बताए । उनले मिडिया फोटो ग्राफर्स क्लबले नेपाली पत्रकारहरुलाई सम्पन्न गरेको स्मरण गर्दै भविष्यमा पनि नेपाली पत्रकारहरुलाई क्लबसँग जोड्नका निम्ती पहल गर्न अनुरोध गरे । खानले नेपाल पत्रकार महासंघ भारतीय संचार संस्थाहरुसंग समन्वय गर्न तयार रहेको समेत धारणा राखेका थिए ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष डक्ट प्रसाद धितालले नेपाली भूमिमा पहिलो पटक स्वागत गर्न पाउँद खुशी लागेको बताउदै भारतीय मिडिया हाउसले नेपाली पत्रकारहरुको निशुल्क उपचारका लागि सरकारसंग पहल गरीदिन माग गरेका थिए ।

प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष आशीष गुप्ताले विगतमा क्लबले नेपाली पत्रकारहरुलाई दिएको स्थानको प्रसशा गर्दै भविष्यमा पनि नेपाली पत्रकारहरुलाई स्थान दिने भन्ने कुरामा विश्वस्त रहेको बताए ।

 

एनपी आईका प्रमुख मोहम्मद आरीफ अन्सारीले पत्रकारहरुको कुनै धर्म नभएको बताउदै नेपाल र भारत बिचको पत्रकारीतालाई अझ बलियो बनाउन आवश्यक रहेको बताए ।
धन्याबाद ज्ञापन सहित कार्यक्रमको समापन गर्दै क्लबका अध्यक्ष पारीले नेपालमा क्लब स्थापना भए पनि अधिकारी घोषण गर्न बाँकी रहेको बताउदै छिटै अधिकारीक रुपमा घोषण गरिने बताए । उनले नेपाली पत्रकारहरुको भारतमा निशुल्क उपचारका लागि सरकारसंग यस भन्दा पहिला पनि नेपाली पत्रकारहरुकाबिच छलफल भए पनि केही प्राविधिक त्रुटीका कारण अधिकारी रुपमा सम्झौता हुन नसके पनि केही महिना भित्रै प्रदेश सरकारसंग नेपाली पत्रकारहरुलाई राखेर सम्झौता गराउने प्रतिबद्धता व्यक्त गरे ।
भारतको लखनाउमा उपचार गराईरहेका नेपाली पत्रकार रहिस अहमद सिद्धिकिको आर्थिक स्थिती कमजोर भएका कारण उपचार समस्या भएकोले तत्काल उपचारका लागि पहल गर्न क्लबका अध्यक्ष पारीसंग नेपाली पत्रकारहरुले अनुरोध गरेका थिए । अध्यक्ष पारीले प्रदेश सरकारसंग कुरा गरेर निशुल्क उपचारको व्यवस्था मिलाउने बताए ।

  • ६ श्रावण २०७५, आईतवार २०:५१ प्रकाशित
  • Nabintech