अफगानिस्तानलाई जित्नैपर्ने दवावमा नेपाल
  • काँचुली खबर

२४ मंसिर, काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपालले आईतबार अफगानिस्तानसँग खेल्दैछ । यूएईको आईसीसी ग्राउन्ड टूमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

नेपालले पहिलो खेल पाकिस्तानसँग गुमाएको थियो । अफगानिस्तानले पनि पहिलो खेल भारतसँग हारेको थियो ।

प्रतियोगितामा अघि बढ्न दुवै टिमलाई जितको आवश्यकता छ । सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन दुवै टिमलाई जितको विकल्प छैन ।

नेपाल प्रतियोगिताको कठिन समूहमा परेको छ । पाकिस्तानविरुद्ध नेपालको पहिलो खेल राम्रो हुन सकेन । उत्तर मगर बाहेक अन्य ब्याट्सम्यानले पाकिस्तानी बलिङ झेल्नै सकेका थिएनन् । सुरुवातमा ब्याटिङ गरेर कम योगफल बनाएपनि बलिङमा समेत नेपालले दबाब बनाउन सकेको थिएन ।

पाकिस्तान सहित भारत सम्मिलित समूहमा रहेको नेपाल सेमिफाइनल पुग्न चाहन्छ, तर त्यसका लागि दोस्रो खेलमा अफगानिस्तानको शिकार गर्नुपर्नेछ ।

समूह एमा पाकिस्तान र भारतले समान एक एक खेल जितेर समान २ अंक जोडेका छन् । नेपाल र अफगानिस्तान अंक विहीन छन् ।

  • २४ मंसिर २०८०, आईतवार १०:०१ प्रकाशित
  • Nabintech