१२ बैशाख २०८१, बुधबार
थारु कला संस्कृति जोगाउन थारु कलाकार एकजुट
  • काँचुली खबर

पछिल्लो समयमा थारु गीत संगितले चर्चा पाइरहदा थारु कलाकारहरु पनि एकजुट हुन लागेका छन् । थारु संस्कृति बचाउन थारु कलाकारहरुको मुख्य भुमिका रहने भएको हुनाले थारु कलाकारहरु एक जुट हुन लागेका हुन् । थारु गीत संगित चर्चामा आइरहदा थारु कलाकारहरु पनि जोश जागरका साथ लागी पर्ने दावी गरेका छन् ।

नेपाल रास्ट्रिय थारु कलाकार मन्च शाखा कार्यालय बाँकेको शनिवार कोहलपुरको ओम साइबाबा कला केन्द्रमा बसेको बैठकले थारु कला संगितलाई बचाई राख्न कटिवद्धका साथ लाग्ने उनिहरुले प्रतिवद्ध जनाएका छन् । थारु कला संस्कृति यस्तो संस्कृति हो कि जुन समुदायले पनि मन पराउने र रमाउने संस्कृति भएको हुनाले यसलाई दिर्घकालिन रुपमा बचाउन थारु कलाकारहरुको उत्तिकै भुमिका रहेको नेपाल राष्ट्रिय थारु कलाकार मन्चका सल्लाहकार अन्शुमान थारुले जानकारी दिए ।

शानिवारकोहलपुरमा बसेको थारु कलाकार मन्चको बैठकले नेपाल रास्ट्रिय थारु कलाकार मन्च शाखा कार्यालय बाँकेको यही २६ गते शाखा कार्यालय उद्घाटन गरि थारु कला संस्कृतिलाई जर्गेना गरिने सल्लाहकार अन्सुमानले बताए । शाखा कार्यालय उद्घाटन गर्न मन्चका केन्द्रिय अध्यक्ष बिनय कुमार बैद्य आउने सल्लाहकार अन्सुमानले जानकारी दिए ।

यस्तैबैठकले महिलाहरुको महान पर्व हरितालिका तीज लगत्तै बाँकेका ९ जना थारु कलाकार टोली माल्दिभ्समा हुने कन्सर्टको लागि जाने पक्का भएको मन्चका सचिव विश्वसागर परियारले जानकारी गराए । थारु गित संगीतको विकास गर्न सम्पुर्ण थारु कलाकार एक भै थारु संस्कृतिलाई अगाडी बढाउन मद्दत गर्नुपर्ने थारु कलाकारहरुको दायित्व रहेको थारु कलाकारहरुले जोड दिएका छन् । बैठकमा थारु कलाकार संघको केन्द्रिय सदस्य सुनिता दहित र केन्द्रिय प्रतिनिधि दिपक थारुको समेत सहभागिता रहेको थियो ।

  • ६ श्रावण २०७५, आईतवार ०९:५२ प्रकाशित
  • Nabintech