११ बैशाख २०८१, मंगलवार
कपास गाेदाममा आगलागी, क्षतीकाे विवरण आउन बाँकी
  • काँचुली खबर

नेपालगन्जकाे विपि चाेकमा रहेकाे चाँद सिरक ईन्टरप्राइजेजकाे कपास गाेदाममा आगलागी भएको छ । शनिबार बेलुका करिव ९ बजेकाे समयमा उक्त पसलमा आगलागी भएको बाँके प्रहरीले जनाएको छ ।

स्थानीय व्यापारी  महम्मद यस ठकुराईले संचालन गरेकाे पसलकाे पुरानो कपडा पेलेर कपास बनाई राखेको गोदाममा विद्युत लाईन सट भई एक्कासि आगलागी भएपछि नेपालगञ्ज उपमहानगरपालिकाकाे दमकलबाट आगाे नियन्त्रणमा लिईएको थियो । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेका प्र.नि. दिपक के.सी.को कमान्डमा ३० जना र व.प्र.का. नेपालगंजका प्र.नि. नारायण डाँगीको कमान्डमा खटिएका १५ जना प्रहरी तथा स्थानीयहरुले आगाे नियन्त्रणकालागि पहल लिएका थिए । समयमै आगाे नियन्त्रणमा आएका कारण कुनै मानविय क्षती हुन नपाएपनि अन्दाजि २० लाख बढिकाे क्षति भएको बाँके प्रहरीले जनाएको छ ।

 

  • ५ श्रावण २०७५, शनिबार २२:५३ प्रकाशित
  • Nabintech