१४ बैशाख २०८१, शुक्रबार
क्यान्सर पीडित एञ्जिलालाई उपचार सहयोग
  • काँचुली खबर

पाठेघरको क्यान्सरबाट पीडित बर्दिया बग्नाहकी १५ बर्षिया एञ्जिला शाहको उपचारकालागि शनिबार सहयोग रकम हस्तान्तरण गरिएको छ । ठकुरी सहयोग संजाल बाँकेले शनिबार बग्नाहमा औपचारिक कार्यक्रम गरी ६५ हजार १५ रुपियाको चेक शाहका परिवारलाई हस्तान्तरण गरेको हो । शाहको हाल राजधानीको सिभिल अस्पतालमा उपचार भईरहेको छ । शाहको उपचारमा हालसम्म करिब आठ लाख रुपिया खर्च भईरहेको छ ।

ठकुरी पत्रकार समाज बाँकेका अध्यक्ष करुणा शाहका अनुसार उपचारका लागि विभिन्न मुलुकमा बस्ने ठकुरीहरुले समेत सहयोग गरेका छन् । कार्यक्रममा ठकुरी महासंघका केन्द्रीय सदस्य ध्रुव शाह, सञ्जालका अध्यक्ष दीपक शाही, प्रबक्ता युवराज शाह, भरत विक्रम सिंह ठकुरी, ठकुरी पत्रकार समाजका अध्यक्ष करुणा शाह लगायत उपस्थित थिए । नेपालगञ्जमा तीन महिनासम्म उपचारपछि पनि सञ्चो नभई थप संक्रमण भएपछि एञ्जिलालाई थप उपचारका लागि राजधानी लगिएको हो ।

  • ५ श्रावण २०७५, शनिबार २१:३१ प्रकाशित
  • Nabintech