१३ मंसिर, नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयले ‘पहिलो ब्याच’का विद्यार्थीका लागि यही मंसिर २० देखि कक्षा सञ्चालन गर्ने तयारी गरेको छ। ‘बिटेक इन सिएस एण्ड एआई’ र ‘बिटेक इन आइटी’ विषय पठन पाठनका लागि विश्वविद्यालयले कक्षा सञ्चालनको तयारी गरेको हो।
कक्षा सञ्चालन गर्नुअघि विश्वविद्यालयका दुईवटा कार्यक्रममा भर्ना भएका विद्यार्थीलाई बुधबार अभिमुखीकरण गरिएको छ। पहिलो चरणमा दुईवटा कार्यक्रमका लागि २४ जनाका दरले ४८ जना विद्यार्थी भर्ना भएका छन्।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अभिमुखिकरण गर्दै उपकुलपति प्राध्यापक विनोदप्रसाद ढकाले विश्वविद्यालय अगाडि बढाउन आफूहरूले स्थापनादेखि नै मिहेनत गर्दै आएको बताए। गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न लुम्बिनी प्रदेश सरकारले आफ्नो गौरवको योजनाअन्तर्गत विश्वविद्यालय स्थापना गरेको उनको भनाइ थियो। विश्वविद्यालयले समयमै कोर्ष पूरा गर्ने, समयमा नतिजा दिने, विश्वविद्यालयभित्र राजनीतिक गतिविधि निषेध गर्ने र विद्यार्थीलाई व्यावहारिक शिक्षामा जोड दिने उपकुलपति ढकालले बताए।
विश्वविद्यालय सेवा आयोगका विज्ञ सदस्य प्राध्यापक कृष्णप्रसाद घिमिरेले व्यवहार उपयोगी शिक्षा आवश्यक रहेकोमा जोड दिँदै विश्वविद्यालयले सोही शिक्षालाई सिकाउन प्रयत्न गर्ने बताए । यस्तै प्रदेश सचिव सुमन घिमिरेले सैद्धान्तिकभन्दा प्रयोगात्मक शिक्षा प्रभावकारी हुने बताए।
प्राविधिकको माग विश्व बजारमा धेरै भएको अवगत गराउँदै उनले भने, ‘आइटी क्षेत्रले धेरै फड्को मारेको हुँदा यसको माग धेरै छ र पढेको व्यक्ति आफ्नो खुट्टामा उभिन सक्छ।’
१३ मंसिर २०८०, बुधबार ११:४७ प्रकाशित