८ बैशाख २०८१, शनिबार
श्रेष्ठको भक्ति सन्देश विमोचन
  • काँचुली खबर

बर्दियाका समाजसेवी नारायणप्रसाद श्रेष्ठको तेस्रो कृति ‘भक्ति सन्देश’ भजन संग्रह विमोचन गरिएको छ ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा भाषाविद् प्राध्यापक डाक्टर मुकुन्दशरण उपाध्यायले पुस्तक विमोचन गरेका हुन् । पुस्तकमा विभिन्न देवीदेवताको आरधाना, परिचय र विविध प्रसङसहित भजन संग्रहित छन् । ७३ वर्षका श्रेष्ठले संग्रहमा ७३ वटा नै भजन समावेश गरेका छन् ।

‘भक्ति सन्देश’ भजन संग्रह विमोचन गर्दै भाषाविद् प्राध्यापक डाक्टर मुकुन्दशरण उपाध्याय ।

 

कार्यक्रममा वेद विद्याश्रम राधाकृष्ण मन्दिर गहनापोखरीका वटुकले संग्रहमा समेटिएका भजन वाचन गरेका थिए । विदुषी सपनादेवी श्रेष्ठ, पूर्वसांसद पदमबहादुर सापकोटा, काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख प्रल्हाद अर्याललगायतले संग्रहको समीक्षात्मक टिप्पणी गर्दै संग्रहमा समेटिएका विषयसहित हिन्दुधर्मका विविध पक्षबारे चर्चा गरेका थिए । भजन, लोक र अन्य आधुनिक गीत संगीतको अभ्यास फराकिलो भए पनि मौलिकपन मासिंदै गएकाले मौलिकता जोगाउन सबै क्षेत्र र पक्षले चासो दिनुपर्ने वक्ताको भनाइ थियो ।
श्रेष्ठको यसअघि मनका छाल (विचार संग्रह), जीवन चक्र (आत्मवृत्तान्त) पनि प्रकाशित भइसकेका छन् । उनी भजनका साथै गीत, कविता र स्वतन्त्र लेखनीमा सक्रिय छन् ।

  • ५ श्रावण २०७५, शनिबार २०:२० प्रकाशित
  • Nabintech