विवाहको आश्वासन दिएर १२ लाख ठगी, युवती सम्पर्क विहीन
  • काँचुली खबर

४ मंसिर, कोहलपुर । जाजरकोट शिवालय गाउँपालिकाका एक युवालाई फेसवुकमा चिनजान भएकी युवतीले १२ लाख ठगेर सम्पर्क विहीन भएकी छन । विवाह गर्ने आश्वासन पाएका शिवालय ८ का बल बहादुर कठायतले कतारबाट सल्यान छत्रेश्वरी गाउँपालिका ७ की अमृता खड्कालाई १२ लाख पठाएका थिए ।

फेसबुकमा चिनजान भएकी खड्काले माया प्रेम बढ्दै जादा विवाह गर्ने आश्वासन दिएर १२ लाख ठगेको कठायतको दाबी छ । रकम पठाउँदासम्म विवाह गर्ने कुरा भएको र अहिले आफु नेपाल आउँदा सम्पर्क विहीन भएर भागेको उनले बताए ।

कठायतले भने, ‘रोजगारीको सिलसिलामा झण्डै ५ वर्षसम्म म कतारमा बसे, फेसबुकबाट अमृतासँग चिनजान भयो र विवाह गर्नेसम्म कुरा भएपछि मैले पटक पटक गरेर १२ लाख पठाए । अहिले उनी सम्पर्क विहीन छिन, बुझ्दै जादा अमृताले अरुलाई पनि विवाह गर्ने आश्वासन दिएर यस्तै धन्दा गरेको जानकारी पाएपछि आफु ठगिएको थाहा भयो ।’

आफुले पैसा पठाएको प्रमाण राखेको र प्रहरीमा समेत सबै जानकारी गराएको उनले बताए । कहिले काँही इमोमा सम्पर्क गर्ने अमृताले आफुलाई कहिले कतै कहिले कुन ठाउँ भनेर ढाँट्ने गरेको कठायतले बताए । पैसाको बारेमा कुरा गर्दा जे गर्न सक्छस् गर भनेर उल्टो धम्की दिने गरेको पनि कठायतले जानकारी दिए ।

अब आफु उनीसँग विवाह गर्ने पक्षमा नरहेको र आफ्नो पैसा असुल गर्न कानुनी बाटोमा लागेको कठायतको भनाइ छ ।

लालआवाजबाट

  • ४ मंसिर २०८०, सोमबार १६:२६ प्रकाशित
  • Nabintech