२७ बैशाख २०८१, बिहीबार
फेसबुक लाईभ बसेर डा. ओम मूर्तिले राखे विश्व रेकर्ड
  • काँचुली खबर

२४ कात्तिक, काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा। ओम मूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन्। विश्व मुटु दिवसको अवसर पारेर डा. ओम मूर्तिले २१ सेप्टेम्बर अर्थात् असोज १२ गते शुक्रबार आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेका हुन्।

फेसबुक लाइभमा कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक भन्ने शीर्षकमा डा. मूर्तिले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका हुन्। असोज १२ गते साँझ ७:१५ बजेदेखि सुरु भएको आधा घण्टा लामो उक्त प्रस्तुतिमा ११ हजार २१२ सय जनाले एकैपटक प्रत्यक्ष हेरेका थिए। आधा घण्टा लामो वैज्ञानिक प्रस्तुतिलाई त्यति ठूलो संख्यामा नेपाली नागरिकहरूले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिएका थिए।

डा। अनिलको ३० मिनेट लामो उक्त फेसबुक लाइभलाई ९ हजार जनाले सेयर गरेका थिए। त्यसक्रममा २० हजार लाइक र १८ हजार कमेन्ट आएका थिए। फेसबुक लाइभ प्रस्तुति सम्पन्न हुँदासम्म १ लाख ५० जनाले हेरेका थिए। लाइभ प्रस्तुतिपछि गिनिज वर्ल्ड रेकर्डका सम्पूर्ण मापदण्ड पूरा गरी डा. ओम मूर्ति अनिलले विश्व रेकर्ड कायम भएको दाबी पेस गरेका हुन्। यद्यपि डा. अनिललाई गिनिज वर्ल्ड रेकर्डको प्रमाण पत्र प्राप्त गर्न भने केही समय लागेको थियो।

व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस रेकर्डले संसारभरका मानिसको लागि प्रेरणाको स्रोत सावित हुनेछ। सामाजिक उत्थान र समाजप्रतिको जिम्मेवारीबोध गराउने यस्तो कार्यले आमामानिसलाई मार्गदर्शन समेत हुने विश्वास छ।

यो रेकर्डले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय रहेको छ। डा. अनिलले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबुकमार्फत् जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन्।

त्यसोत डा. अनिलको यो दोस्रो वर्ल्ड रेकर्ड हो। पहिलो रेकर्ड उनले सन् २०१३-१४ मा इमेज एफएम १०३.६ मेगाहर्जबाट अतिथि वक्ताको रूपमा लगातार ४४ हप्ताको एपिसोड गरेर पाएका थिए। उक्त कार्यक्रम मुटुरोगको बारेमा सचेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको थियो।

  • २४ कार्तिक २०८०, शुक्रबार १५:५३ प्रकाशित
  • Nabintech