३० बैशाख २०८१, आईतवार
क्रिकेट खेलाडिको १ कराेड ५७ लाख पुरस्कार रकम निकासा
  • काँचुली खबर

१७ कात्तिक, काठमाडौँ । विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्वघोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ ।

तीन प्रतियोगिताको पूर्वघोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका छन ।

गत वैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी यु-१९ पुरुष सीडब्लूसी-एशिया क्लालिफायरका लागि ४६ लाख र आईसीसी सीडब्लुसी लिग-२ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो ।

सदस्य सचिव घिसिङले शुक्रबार मूलपानीमा भएको ट्वान्टी–२० विश्वकप छनोट एशिया क्षेत्रको सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि स्थान सुरक्षित गर्न सफल नेपाली टोलीलाई बधाई दिँदै फाइनलमा सफलताका लागि शुभकामना समेत दिएका छन ।

  • १७ कार्तिक २०८०, शुक्रबार २१:१६ प्रकाशित
  • Nabintech