८ बैशाख २०८१, शनिबार
गाँउ-ब्लक जग्गाको लालपुर्जा वितरण गर्न सकिने
  • काँचुली खबर

कोहलपुर नगरपालिकाभित्र रहेका गाँउ-ब्लक घर, जग्गाहरुको लालपुर्जा बितरण गर्न सकिने अवस्था रहेको नापि शाखा बाँकेका प्रमुखले बताएका छन ।
शुक्रबार कोहलपुर नगरपालिका कार्यालयमा नगर प्रमुखसँग छलफल गर्दै विगतमा नाप नक्सा भएका र छुटेकाहरुको नाप-नक्सा गरी गाँउ-ब्लकका जग्गाहरुको लालपुर्जा वितरण गर्न सकिने नापि शाखा बाँकेका प्रमुख अशोक भुषालले बताए ।

साबिकको कोहलपुर र रझेना गाविसमा रहेका अधिकाशं गाँउ-ब्लक जग्गाको नाप-नक्सा भईसकेको र बाँकी रहेका जग्गाको नाप–नक्सा गरि स्थानिय तहको सिफरिसमा सम्बन्धित जग्गाधनीलाई पुर्जा वितरण गर्न सकिने शुक्रबारको छलफलमा नापी प्रमुख भुषालले बताएका हुन ।
साविकको कोहलपुर गाविसमा रहेका गाँउ-ब्लक जग्गाको नाप-नक्सा भईसकेको र रझेना गाविसमा नाप-नक्सा हुन बाँकी रहेकोमा कोहलपुर नगरपालिकाले सहयोग गरेमा चाँडै नाप-नक्सा गरि पुर्जा वितरण गर्न सकिने भुषालले सुझाव दिएका छन । यसअघि नापि शाखा बाँकेले नाप-नक्सा भएका जग्गाको पुर्जा वितरणकालागि सम्बन्धित जग्गा धनीहरुलाई पासपोर्ट साईजको फोटो तयार राख्न र नाप-नक्सा गर्न छुट भएका जग्गाको दर्ता गर्न समेत सूचना जारी गरेको भुषालले जानकारी दिए ।
छलफलमा नगर प्रमुख लुटबहादुर रावतले गाँउ-ब्लक जग्गाको लालपुर्जा सम्बन्धित बसोवास गरिरहेका ब्यक्तिहरुलाई दिन मिल्ने अवस्था रहेको भए आफुले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए । साथै रावतले पहिले गरेको नाप-नक्सामा कतिपय जग्गाधनीको बसोवास गरेको घर रहेको स्थानमा उसको नाममा नाप-नक्सा भएको जग्गा नरहेको र जग्गा भएको ठाँउमा घर नरहेको अवस्था समेत देखिएकाले त्यस्तो भेटिएको ठाँउमा पुनः नाप-नक्सा गर्न समेत अनुरोध गरे । रावतले भने, ‘तपाईहरु नाप-नक्सा गर्ने काम गर्नुहोस, स्थानिय सरकारको तर्फबाट जनतालाई प्राप्त हुने सेवामा तत्काल सहयोग गर्न नगरपालिका सधैं तयार छ ।’

  • ४ श्रावण २०७५, शुक्रबार २१:५० प्रकाशित
  • Nabintech