८ बैशाख २०८१, शनिबार
दिगो विकास सम्बन्धि छलफल
  • काँचुली खबर

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत र प्रमुख प्रशासकिय अधिकृत प्रेम देवकोटा तथा लुमन्ती र वास नेपालका प्रतिनिधीहरुबिच शुक्रबार दिगो विकास सम्बन्धि छलफल भएको छ । कोहलपुर नगरपालिका कार्यालयमा भएको छलफलमा लुमन्ती र वासलाई नेपालको विकास निर्माणमा सहयोग गरिरहेको नेडरल्याण्डका प्रतिनिधी म्याको समेत सहभागी रहेका थिए ।
लुमन्तीद्धारा नेपाल सरकारले खानेपानी, सरसफाई, स्वाच्छता, वातावरण तथा दिगो विकास सम्बन्धि कार्यक्रमहरुमा योगदान पु¥याउने उद्धेश्यले नेपाल सरकारका बिभिन्न निकायहरुसँग साझेदारीमा विभिन्न परियोजना संचालन गर्दै आईरहेको छ । शुक्रबार भएको छलफलमा लुमन्तीका नेपाल प्रतिनिधी उद्धव भट्टराईले दिगो विकासको लक्ष्य प्राप्तीमा लुमन्ती विशेषगरी लघुवित्त कार्यक्रममार्फत निम्न आयस्तर भएका समुदायमा लगानी गर्दै आएको र त्यस्तै कार्यक्रम छनोट गर्न नगरपालिकालाई आग्रह गरे ।
त्यस्तै वास नेपालका संयोजक मिङ्मा शेर्पाले विगतमा दातृ निकायले दिने सहयोगबाट संचालित कार्यक्रमहरु दातामुखी र सरकारमुखी हुने
परम्परागत शैलिलाई परिवर्तन गर्दै दिगो कार्यक्रम चलाउन ग्रामिण क्षेत्रमा जनसहभागीता मुलक कार्यक्रम संचालन गर्नुपर्ने सुझाव दिए । पब्लिक, प्राईभेट र सहकारी मोडेलको कार्यक्रम संचालन गर्दा सबैको आ–आप्mनो लगानी र अपनत्व हुने हुँदा त्यस्तो कार्यक्रम संचालनमा जोड दिए । विशेष गरी दिगो विकासकालागि नेपालमा शुद्ध खानेपानी, स्वच्छ वातावरण र सरसफाईमा विशेष जोड दिनुपर्ने उनको सुझाव थियो ।


छलफलमा कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले लगानीको क्षेत्र र लगानीको सम्भावनाबारे कोहलपुर नगरपालिका भित्र कुन स्थान र कुन समुदाय उपयुक्त हुन्छ, त्यो छलफल पश्चात तय हुने बताए । रावतले नग पालिकामा खानेपानी, सरसफाई, फोहोर ब्यवस्थापनको समस्या बढ्दै गईरहेको र यो क्षेत्रको दिगो विकासका निम्ति आवश्यक कदम चाल्नुपर्ने सोचाई रहेको बताए ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद देवकोटाले नगरपालिकामा वास प्लान बनिरहेको र त्यसको फाईनल रिपोर्ट तयार भएपछि छलफल गरेर कार्यक्रमको बारेमा निर्धारण गर्न सकिने जानकारी गराए ।
वास नेपाल र लुमन्तीको कार्यक्रमलाई नगरपालिकाको साझेदारीमा संचालन गर्न सके कोहलपुर नगरपालिकामा प्रभावकारी कार्यक्रम हुन सक्ने सम्भावना रहेको पाईन्छ ।

  • ४ श्रावण २०७५, शुक्रबार २१:४० प्रकाशित
  • Nabintech