१४ बैशाख २०८१, शुक्रबार
नेपालगञ्ज मेडिकल कलेजमा कलेजो सम्बन्धी डि.एम सेवा सुरु
  • काँचुली खबर

 पश्चिम नेपालमै पहिलो पटक कलेजो सम्बन्धी डि.एम विशेषज्ञ सेवा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा संचालनमा आएको छ।

काठमाडौंको वीर अस्पताल बाहेक अन्य ठाउँमा हालसम्म हेपाटोलोजी सम्बन्धी डि.एम सेवा संचालनमा नआएको बताइएको छ। नेपालमै उत्पादित कलेजो सम्बन्धि डि.एम चार डाक्टर मध्यका एक डा. दिपेन्द्र खड्काले काठमाडौँको वीर अस्पतालबाट डि.एम सकेर आएपछि नेपालगंज मेडिकल कलेज कोहलपुरमा पहिलो पटक सो विशेषज्ञ सेवा संचालनमा ल्याएका हुन्।

अब यस क्षेत्रका जनताहरु यस सेवाबाट प्रत्यक्ष लाभान्भित हुने भएका छन्। हेपाटोलोजी सम्बन्धि सेवा संचालनमा आएपछि अब पश्चिम नेपालका कलेजो रोगबाट पीडित जनताहरुले काठमाडौ, भारतको लखनऊ धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। पछिल्लो समय बिगबिगीका रुपमा त्रसित बनाएको हेपाटाइटिस बी, जन्डीस, कमलपित्त, प्यानक्रियाटाइटिस लगाएतका बिरामीहरुका लागि यस हेपाटोलोजी सम्बन्धि डि.एम सेवाले धेरै बिरामीमा आशाको किरण पलाएको छ।

एम.बि.बि.एस, एम.डि तथा डि.एम सकेका डा. दिपेन्द्र खड्का आएपछि दैनिक रुपमा आजभोलि कलेजो सम्बन्धि बिरामीहरुको नेपालगंज मेडिकल कलेजमा भिड लाग्ने गरेको छ। विशेष गरी लिभर फेल भएका बिरामीहरु, लिभर टान्सपलान्ट गर्नुपर्ने बिरामीहरु, हेपाटाइटिस संक्रमण भएर सामाजिक रुपमा पनि पीडित बिरामीहरु र रक्सीले कलेजोमा असर गरेका बिरामीहरु र जन्डीसबाट पीडित बिरामीहरुका लागि यो सेवा तथा सुविधा कोहलपुरमा पाउनु एकदमै उपलब्धिमुलक भएका दाबी गरिरहेको छ।

शनिवार बाहेक हरेक दिन लिभर ओ.पी.डी सेवा संचालनमा आएको छ भने अपर जिआई बिलिडिङ्ग अथवा पेटको माथिल्लो भागबाट रगत बगि मुखबाट रगत आउने बिरामीका लागि पनि उच्च स्तररिय इन्डोसकपीका साथै भेरिसिल बाइन्डिङ्गको अत्याधुनिक प्रविधियुक्त सेवा उपलब्ध हुनेछ।

यस क्षेत्रमा पहिलो पटक कलेजो सम्बन्धि रोग भएका बिरामीहरुले सल्लाह सुझाब र अत्याधुनिक प्रविधिद्धारा उपचार पाएका छन्। हेपाटोलोजिस्ट डा. दिपेन्द्र खड्का आए पछि अब कलेजो सम्बन्धि रोगको अनुसन्धान र उपचारमा पश्चिम नेपालले फड्को मार्नेमा यस क्षेत्रमा कार्यरत स्वास्थकर्मी, चिकित्सकका साथै जनताहरु आशावादी एंवम् विश्वस्त रहेका छन्।

  • ४ श्रावण २०७५, शुक्रबार १८:५२ प्रकाशित
  • Nabintech