१३ बैशाख २०८१, बिहीबार
समता फाउण्डेशनको ब्यूरो कार्यालय उद्घाटन
  • काँचुली खबर

बाँकेको कोहलपुरमा समता फाउण्डेशनको व्यूरो कार्यालय स्थापना गरिएको छ । कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत र उद्योग बाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले व्यूरो कार्यालयको उद्घाटन गरेका हुन् । मेयर रावत र अध्यक्ष अधिकारीले गमलामा बिरुवा रोपेर संयुक्त रुपमा कार्यालयको उद्घाटन गरेका हुन् ।
ब्युरो कार्यालय उद्घाटन समारोहमा बोल्दै समता फाउण्डेसनका केन्द्रिय प्रतिनिधि रबि रोकायाले समता स्कूल देशैभरी रहेकाले शैक्षिक गुणस्तर कायम राख्नुका साथै सबै जिल्लाहरुमा समन्वयकारी भुमिका निर्वाहकालागि व्यूरो कार्यालय स्थापना गर्नु परेको बताए । रोकायाले एक सय रुपैयाँमा अध्ययन गराउन चुनौति रहेको बताउदै स्थानीय सरकार तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए ।
कोहलपुरमा स्थापना गरिएको व्यूरो कार्यालयले प्रदेश ५ र ६ मा संचालनमा रहेका १६ वटा विद्यालयहरुका बिचमा समन्वकारी भुमिका निर्वाह गर्ने रोकायाले जानकारी दिए ।
कार्यक्रममा शुभकामना मतव्य राख्दै कोहलपुर सुधार समाजका अध्यक्ष चन्डी प्रसाद गैरेले पछाडी परेका समुदायलाई लक्षित गरी संचालन गरिएको समता विद्यालयको गुणस्तर बृद्धिकालागि सहयोग गर्न समाज प्रतिवद्ध रहेको बताए । त्यसैगरी युवा नेता खिल प्रसाद भूसालले स्थानीय सरकारले यस्ता विद्यालयलाई आवश्यक सहयोग गर्नु पर्ने धारणा राखे । नेता भूसालले कोहलपुर नगरपालिका कार्यालय र नेकपाले विद्यालयलाई आवश्यक सहयोग गर्न तरपर रहेको बताए । उद्योग बाणिज्य संघका अध्यक्ष चक्र अधिकारीले समताले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षामा शंका गर्न नुहुन बताउँदै अधिकारीले २ जना बालिकाको सम्पूर्ण अध्ययन खर्च ब्यहोर्दै आएको र आफुजस्तै सबैले सबैले सहयोग गर्नु पर्ने बताए ।

कार्यक्रका प्रमुख अथिति कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समता फाउण्डेसनलाई आवश्यक सहयोग गर्न कोहलपुर नगरपालिका कार्यालय तयार रहेको धारणा राखेका थिए । कार्यक्रममा समता स्कूल बर्दीया, रुकुम लगाएत जिल्लाका प्र.अ हरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन पत्रकार पुजन वि.क. ले संचालन गरेका थिए ।

  • ४ श्रावण २०७५, शुक्रबार १८:४२ प्रकाशित
  • Nabintech