६ जेष्ठ २०८१, आईतवार
मुगुमा तिन वालवालिकासहित एकै घरका चार जनाको हत्या
  • काँचुली खबर

१० कात्तिक, सुर्खेत । मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका ६ मन्दु गाउँमा एकै घरका चार जनाको हत्या भएको छ । हत्या हुनेमा २६ वर्षिया श्रीदेवी बोहरा, उनका दुई छोरा र एक छोरी रहेका छन । श्रीदेवीका दुई छोरा ११ वर्षिया मनोज बोहरा र १ वर्षिय रहर बोहरा तथा ७ वर्षिया छोरी अप्सरा बोहराको हत्या भएको अवस्थामा शव भेटिएको हो ।

मृतक श्रीदेवीका श्रीमान दिपक बोहरा हाल रोजगारीका लागी कतारमा रहेको आफन्तले जनाएका छन ।

शुक्रबार बिहान ११ बजे खबर पाउन साथ प्रहरी त्यहाँ पुगेको थियो । घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते बिहान दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए ।

८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको अनुमान गरिएको छ । ‘९ गते बिहानैदेखि घर बाहिर ताला लगाएको देखिपछि छिमेकीहरूले बिहानै सिमी टिप्न खेत गरा तिर गएका होलान् सोचेका रहेछन्’ थापाले भने, ‘आज बिहानसम्म पनि घरमा ताला लगाएको देखे । स्थानीले फेरी माइतीतिर गएको हो कि भनेर फोन गरेका थिए । तर माइतीबाट ८ गते नै फर्किएको बताएपछि बिहान १० बजेतिर स्थानीयले ढोकाको ताला तोडेका थिए । भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका थिए ।’

कसले किन र के कारण हत्या गरेको हो भन्ने विषयमा थप अनुसन्धानपछि मात्र थाहा हुने थापाको भनाइ छ। अनुसन्धानका लागि कुकुरसम्म झिकाउने प्रहरीले तयारी गरेको छ ।

  • १० कार्तिक २०८०, शुक्रबार १६:०५ प्रकाशित
  • Nabintech