२० बैशाख २०८१, बिहीबार
मुस्ताङमा प्रधानमन्त्री प्रचण्ड, काेरला नाकाकाे अनुगमन
  • काँचुली खबर

१ कार्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुस्ताङ पुगेका छन । जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै मुस्ताङ पुगेका हुन ।

सो क्रममा प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम रहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

यसैबिच प्रधानमन्त्री प्रचण्डले मुस्ताङ जिल्लाको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गरेका छन ।
बुधबार बिहान जलवायु संवादका लागि मुस्ताङ पुगेका प्रधानमन्त्रीले उक्त क्षेत्रको अवलोकन गरेका हुन ।

  • १ कार्तिक २०८०, बुधबार ०९:२२ प्रकाशित
  • Nabintech