दाेस्राे खेलमा नेपालले लाओसलाई हरायाे
  • काँचुली खबर

३० असाेज, काठमाडौं । नेपाल विश्वकप फुटबलको एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

मंगलबार दोस्रो लेगको खेलमा घरेलु टोली लाओसलाई १-० गोल अन्तरले हराउँदै नेपाल समग्रमा २-१ को नतिजा सहित दोस्रो चरण प्रवेश गरेको छ ।

नेपालको जितमा मनिष डाँगीले विजयी गोल गरे । अन्जन विष्टको पासलाई सदुपयोग गर्दै मनिषले खेलको ५३ औं मिनेटमा नेपालका लािग गोल गरेका थिए ।

काठमाडौंंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेगमा जित निकाल्ने टिम अघिल्लो चरण प्रवेश गर्न पाउने थियो ।

समिकरण अनुसार नेपालले दोस्रो लेगमा जित निकाल्दै अघिल्लो चरण प्रवेश गरेको छ ।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा नेपालले सुधारिएको प्रर्दशन गरेको थियो । खेलको अन्तिम मिनेटमा नेपालको खतरा टार्दै कप्तान किरण चेम्जोङले पाहुना टोलीको अग्रतालाई जोगाएका थिए ।

नेपालका लागि डिफेन्डर अमृत श्रेष्ठले राष्ट्रिय टिमबाट डेब्यु गरे । प्रशिक्षक भिसेन्जो एनिसले श्रेष्ठलाई सेन्टर फरवार्डको रुपमा खेलाएका थिए ।

नेपालले अब समूह एचमा बहराईन, युएई र यमसँग होम एण्ड अवेका आधारमा छनोट चरण खेल्न पाउनेछ ।

  • ३० आश्विन २०८०, मंगलवार २०:१४ प्रकाशित
  • Nabintech