२० बैशाख २०८१, बिहीबार
खजुरामा स्कुल बस पल्टिदा ११ वर्षिय बालककाे मृत्यु
  • काँचुली खबर

२९ असाेज, नेपालगन्ज । बाँकेको खजुरामा स्कुल बस दुर्घटना हुँदा ११ वर्षिय बालककाे ज्यान गएकाे छ । स्थानिय दीपक बोर्डिङ स्कुलको ना ४ ख ६५१ नम्बरको बस पुलबाट तल खस्दा ११ वर्षीय बिद्यार्थी जितु नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परि २५ जना बिद्यार्थी घाइते भएका छन् । बिद्यालय बन्द भएपछि बिद्यार्थी पुर्याउन खजुराबाट सिमलघारीतर्फ जाँदै गरेको बस खजुरा ५ जेठान नाला नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका बिद्यार्थीहरुको उद्दार गरी खजुराको सुशिल कोइराला क्यान्सर अस्पताल उपचारकालागि पठाईएकाे प्रहरीले जनाएको छ ।

  • २९ आश्विन २०८०, सोमबार १८:५४ प्रकाशित
  • Nabintech