२७ बैशाख २०८१, बिहीबार
कोशी प्रदेशको मुख्यमन्त्री आङ्बोलाई बनाउने गठबन्धनको निर्णय
  • काँचुली खबर

२५ असोज, काठमाडौँ । नेकपा माओवादीका इन्द्र आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा आघि सार्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ । गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको हो ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार नेपाली कांग्रेसकै प्रस्तावमा आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन लागिएको हो । ‘आङ्बोको नाममा गठबन्धनले सर्वसम्मत निर्णय गरेको हो,’ पाण्डेले भने, ‘सम्भव भए आजै नै दाबी पेस गर्ने समेत कुरा भएको छ ।’

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनका लागि असोज २६ गते साँझ ५ बजेसम्मको समय सीमा दिएका छन् । बहुमत पुर्‍याउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएका थिए ।

गठबन्धन सरकारमा मधेस प्रदेशको नेतृत्व जसपाले गरेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार छ । बागमती र कर्णालीमा सरकारको नेतृत्व गरेको माओवादीले अब कोशीमा पनि मुख्यमन्त्री पाउने भएको हो ।

अस्ति राजेन्द्र लिङ्देनजीले माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्दा सहकार्यका लागि सजिलो हुन्छ भन्ने कुरा गर्नुभएछ । अहिलेलाई माओवादीलाई छाड्नुपर्ने परिस्थिति बन्यो,’ देउवा निकट स्रोतले भन्यो ।

कोशी प्रदेशमा समर्थन दिनुपर्ने सर्तमा माओवादी केन्द्रले अन्तिममा संघीय संसद्को विकास समितिको नेतृत्व राप्रपालाई दिएको थियो । त्यसले पनि राप्रपाको माओवादीप्रति बढी झुकाव देखिएको कांग्रेस नेताहरूको बुझाइ छ । कोशी सरकारबारे निर्णय गर्न राप्रपाले भोलि पार्टीको औपचारिक बैठक नै बोलाएको छ ।

कोशी प्रदेशसभा ९३ सदस्यीय छ । बहुमतका लागि कम्तीमा ४७ जना प्रदेशसभा सदस्यको साथ चाहिन्छ । कोशीमा नेकपा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीको एक जना सांसद छन् ।

संघीय सरकार चलाइरहेको सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका गरी ४७ जना छन् । यहाँ सभामुख पद रिक्त छ । त्यसैले ६ सांसद भएको राप्रपासँग सत्ता गठबन्धनले साथ खोजेको छ ।

  • २५ आश्विन २०८०, बिहीबार १५:०५ प्रकाशित
  • Nabintech