१९ बैशाख २०८१, बुधबार
क्याम्पसको भौतीक विकासमा सहयोग गर्न आग्रह
  • काँचुली खबर

बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसको भौतिक विकासका लागि कोहलपुर नगर विकास समितिसँग अनुरोध गरिएको छ । क्याम्पसको क्षेत्र विस्तारकालागि थप जग्गाको व्यवस्था सहितका मागहरु सहितको ज्ञापन पत्र बुझाईएको हो । कार्यालय तथा विभागका लागि फर्निचरको व्यवस्थापनका साथै पर्खाल लगायतका भौतिक संरचना निर्माणकालागि समेत अनुरोध गरिएको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए ।
न्यौपानेको नेतृत्वमा नगर विकास समिति पुगेका प्रतिनिधीहरुबाट ज्ञापन पत्र बुभ्mदै उचित मागहरुके सम्बोधन हुनेगरि तत्काल प्रक्रियामा जाने नगर विकास समितिका अध्यक्ष अवराज खड्काले आश्वासन दिएका थिए । उनले नगरविकास समितिको बोर्ड बैठकबाट निर्णय गरी आवश्यक सहयोग गर्ने प्रतिवद्वता समेत जनाएको वागेश्वरी बहुमुखी पब्लीक क्याम्पसका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

  • ४ श्रावण २०७५, शुक्रबार १३:०८ प्रकाशित
  • Nabintech