२५ श्रावण २०७९, बुधबार
भीडलाई तितरबितर पारेर प्रहरी डा. केसीको अनशनस्थलमा
  • काँचुली खबर

सुर्खेत – जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं लैजान भीडलाई तितरबितर पारेर प्रहरी अस्पताभित्र प्रवेश गरेको छ ।

डाक्टर केसीलाई पहरा दिएर बसेको विद्यार्थीहरूको भीडलाई तितरबितर पारेर प्रहरी अनशनस्थलमा प्रवेश गरेको हो। केसीलाई हेलिकप्टरमा राखेर केही बेरमा काठमाडौं लैजाने तयारी भइरहेको छ । आफूलाई पहरा दिएर बसेका विद्यार्थीले प्रहरीको लाठी खाएपछि डा। केसी पनि काठमाडौं जान तयार भएको बताइएको छ ।  प्रहरीको लाठीचार्जबाट केसीका केही समर्थक घाइते भएका छन् ।

  • ३ श्रावण २०७५, बिहीबार १२:२८ प्रकाशित
  • Nabintech