२६ बैशाख २०८१, बुधबार
डा.  गोविन्द केसीलाई भेट्न खोज्दा गेटमै रोकिए मुख्यमन्त्री, समर्थकको घेरामा केसी
  • काँचुली खबर

जुम्ला–जुम्लामा आमरण अनसन बसिरहेका डा। गोविन्द केसीलाई काठमाडौं लैजान आएको सरकारी टोलीलाई केसीका समर्थकले अवरोध गरेका छन् । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसन बसीरहेका डा। केसीलाई काठमाडौं लैजान भन्दै सरकारले हेलिकप्टर पठाएको थियो । तर केसीका समर्थक, विद्यार्थी, नागरिक समाजले सरकारी टोलीलाई बाहिर नै रोकेको हो । केसीका समर्थक भर्‍याङमा रहेको गेट लगाएर उभिएका छन् । 

केसीलाई काठमाडौं लैजान कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी शिक्षा सचिव खगराज बरालसहितको टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेको थियो । तर अहिले टोली भित्र पस्न नपाएपछि बाहिर बसिरहेको कानून मन्त्री भण्डारीले बताए ।

डा. केसीले आफूलाई सरकारले अपहरण गरेर काठमाडौं लान खोजेको आरोप लगाएका छन् । अभियान तुहाउनका लागि सरकारले गुण्डागर्दी सैलीमा आफूलाई अपहरण गरेर काठमाडौं लान खोजेको आरोप केसीले लगाए । ‘मेरो नागरिक अधिकार खोस्ने अधिकार कसैलाई छैन, गुन्डागर्दी चल्दैन’ डा। केसीले भने,‘ सरकार माफिया डन र अधिनायकवाद पोस्नतर्फ लागेको छ माफिया र डनहरुको हार हुन्छ जनताको जीत हुन्छ ।’ उनले आफ्नो स्वास्थ्यप्रति सरकार संवेदनशील भए आफ्ना सबै माग पूरा गर्न सरकारलाई माग गरे । ‘मेरो स्वास्थ्य प्रति सरकार धेरै चिन्तित, संवेदनशील छ भने मेरो माग पूरा गर्न लाग्नु पर्यो’ डा. केसीले भने,‘सबै माग पूरा गर्नुपर्छ त्यसपछि त म अनशन तोडिहाल्छु नि !’

  • ३ श्रावण २०७५, बिहीबार १२:२२ प्रकाशित
  • Nabintech