१३ बैशाख २०८१, बिहीबार
डा. केसीले भने– सकारले अपहरण गर्न खोज्यो
  • काँचुली खबर

काठमाडौं । अनसनरत डा। गोविन्द केसीले सरकारले आफूलाई अपहरण गर्न खोजेको आरोप लगाउनु भएको छ । उहाँले अनसनस्थल बाट बोल्दै आफ्ना माग पुरा भए सहजै अनसन तोड्ने बताउनुभयो ।

सरकार अधिनायकवाद तर्फ उन्मुख भएको संकेत गर्दै उहाँले सरकारको यो प्रवृत्ति ठिक नभएको बताउनुभयो । देश र जनताको मागमा आफू कटिबद्ध रहेको बताउदै उहाँले छिटोभन्दा छिटो माग सम्बोधन गर्न आग्रह गर्नुभयो । साथै उहाँले आफू अनसनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रवित्र भूमी रहेको बताउनुभयो ।

यता, सरकारले अनसनरत डा। केसीलाई स्वास्थ्य उपचार गराउन काठमाडौं ल्याउन लागेको बताएको छ । उहाँको स्वास्थ्य अवस्था ठिक भएपछि काठमाडौमै वार्तामा बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउँदै आउनुभएको छ ।

सरकार सकारात्मक मागप्रति संवेदनशील भएको बताउँदै प्रधानमन्त्री ओलीले भएका मेडिकल कलेजलाई व्यवस्थित गर्दै केही नयाँ कलेज सिफरिस गर्दा कुनै समस्या नहुने बताउँदै आउनुभएको छ ।

  • ३ श्रावण २०७५, बिहीबार १२:०७ प्रकाशित
  • Nabintech