पुर्व पश्चिम राजमार्गमा विस्फाेट, द्वन्द्वकालीन माइन बम पड्किएकाे आशंका
  • काँचुली खबर

३१ भदाै, काेहलपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेकाे राप्तीसोनारी गाँउपालिका ८ नयाँ गाउँ नजिकै सडकमा विस्फोट भएकाे छ । आईतबार बिहान करीब ४ बजेकाे समयमा बिस्फाेट हुँदा राजमार्ग एकतर्फी रूपमा बन्द भएकाे छ ।

सडकमा विस्फोट भएको बस्तु बम भएकाे प्रहरीले आशंका गरेकाे छ । यद्यपि त्यसकाे पुष्टि भने भएकाे छैन । घटनास्थलमा पुरानाे तार फेला परेकाले द्वन्द्वकालमा राखिएकाे माइन बम पड्किएकाे हुन सक्ने ईलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख सुन्दर तिवारीले बताए ।

घटनास्थलमा भेटिएकाे तार लगाएतका बस्तु परिक्षणकालागि विधि विज्ञान प्रयाेगशाला काठमाडौं पठाउने तयारी भईरहेकाे तिवारीले जानकारी दिए ।

घटनामा कुनै मानविय क्षती भने नभएकाे प्रहरीले जनाएकाे छ ।

  • ३१ भाद्र २०८०, आईतवार ११:०१ प्रकाशित
  • Nabintech