२७ बैशाख २०८१, बिहीबार
लेटाङको कुइकुण्डा विद्यालयले मनायो बालदिवस
  • काँचुली खबर

२९ भदौ, मोरङ । मोरङको लेटाङ नगरपालिका-१ मा रहेको कुइकुण्डा प्राथमिक विद्यालयले ५९औं बालदिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।

“बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ५९औं राष्ट्रिय बाल दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको हो । कार्यक्रममा बोल्दै ग्रामिण विकास संस्था उत्तरी मोरङ (हर्डन)का सामाजिक परिचालक विवेक लम्सालले बालबालिकाको हक र अधिकार संविधानमै उल्लेख गरिएको बताउँदै बालबालिकालाई व्यवहारिक शिक्षा प्रदान गर्न आवश्यक रहेको बताए ।विद्यालयको शैक्षिक विकासका लागि हर्डनले आवश्यक सहयोग गरिरहेको बताउँदै उनले गुणस्तरिय शिक्षा उपलब्ध गराउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै अभिभावक सुजता मगरले विद्यालयले विद्यार्थीहरुको पढाइसँगै अन्तरनिहित क्षमताको पहिचान गरी सोहि अनुसारको शिक्षा प्रदान गर्न सुझाव दिईन ।

विद्यालयकी प्रधानाध्यापक गौरीमाया मगरले विद्यालयमा बालबालिकालाई अनिवार्य पठाई शैक्षिक उपलब्धि हासिल गर्न सकिने बताईन । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम बहादुर मगरले विद्यालयको भौतिक विकाससँगै विद्यालयको आन्तरिक आयश्रोतका लागि कफि खेती समेत गरिएको बताए ।

बालदिवसको अवसर पारी हाजिरजवाफ, बेलुन फुटाई, ठिक बेठिक, चित्रकला प्रतियोगिता र मेमोरी रेस प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय भएका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो भने कार्यक्रमको सहजिकरण शिक्षक राम बहादुर रावतले गरेका थिए ।

  • २९ भाद्र २०८०, शुक्रबार १६:१६ प्रकाशित
  • Nabintech