८ बैशाख २०८१, शनिबार
सभामुख महरा आज बाँके आउँदै
  • काँचुली खबर

प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा आज बाँकेको नेपालगंज आउने कार्यक्रम तय भएको छ । पाँच गते बिहान महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको नयाँ शैक्षिक भवनको शिलान्यासका लागी महरा आउन लागेका हुन ।
क्याम्पस प्रमुख गणेश रेग्मीका अनुसार शहरी विकास मन्त्री महम्मद इस्तियाक राई, प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोख्रेल, बाँके जिल्लाबाट निर्वाचित प्रतिनिधि
सभा सदस्य तथा प्रदेश सभा सदस्य लगायतका अन्य धेरै विशिष्ट ब्यक्तिहरुलाई पनि आमान्त्रण गरिएको छ ।
पाँच करोड ९२ लाख हाराहारीको लागतमा निर्माण गर्न लागीएको नयाँ शैक्षिक भवनको निर्माण जिम्मा रोयल कन्ट्रसन धनगढीले पाएको छ । त्रि.वि दिवसको अवसर पारी शिलान्यास हुन गईरहेको नयाँ शैक्षिक भवनको निर्माण कार्य आगामी एक वर्ष भित्र पुरा हुने जनाएको छ ।
अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस समिति अध्यक्ष नमराज योगीद्धारा हस्ताक्षरित निमन्त्रणा पत्रमा पूर्व अर्थमन्त्री समेत रहेका सभामुख कृष्ण बहादुर महरा यस क्याम्पसका पूर्व विद्यार्थी समेत हुन ।
प्रचण्ड प्रधानमन्त्री र महरा अर्थमन्त्री भएको बेला बिनीयोजन गरिएको बजेटले नयाँ शैक्षिक भवन बन्ने र यसले विद्यार्थी, शिक्षक सबैलाई सहज रुपमा अध्ययन, अध्यापन गराउन मद्दत पुग्ने जनाएको छ । उता भारतीय दुतावासद्धारा बनाईने भनिएको भवनको निर्माण कार्य भने अझै अधुरै रहेको छ ।

  • २ श्रावण २०७५, बुधबार २१:४६ प्रकाशित
  • Nabintech