२० मंसिर २०७९, मंगलवार
अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा
  • काँचुली खबर

दाङ जिल्ला अदालतमा बितेको आर्थिक वर्षमा अन्य मुद्दाको तुलनामा सबैभन्दा बढी ६४० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।
अदालतका न्यायाधीश हेमन्त रावलले दिएको जानकारीअनुसार दर्ता भएका ती सम्बन्ध विच्छेदका मुद्दामध्ये ४९५ वटा मुद्दा फछ्यौट भएका छन् । अर्थात् ४९५ जोडी अलग भएका छन् ।
न्यायाधीश रावलले सम्बन्ध विच्छेद गर्नुको मुख्य कारण वैदेशिक रोजगारी, प्रेम विवाह र नयाँ पुस्ता आफूहरु स्वतन्त्ररुपमा रहन चाहनु नै रहेको बताए ।

आव २०७३र७४ मा पनि जिल्ला अदालतमा ५२७ जनाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएकामा ४१८ जोडीले सम्बन्ध विच्छेद गरेका थिए । त्यसैगरी जबर्जस्ती करणीका ५६ वटा मुद्दा दर्ता भएकामा २५ वटा मुद्दा फछ्र्यौट भएका छन् ।

लागु औषधका अदालतमा परेका २८ वटा मुद्दामा १३ वटा, घरेलु हिंसामा तीनवटा मुद्दा दर्ता भएकामा एउटा र मानव बेचबिखनका तीनवटा मुद्दा दर्ता भएकामा तीनवटै मुद्दा फछ्र्यौट भएको न्यायाधीश रावलले जानकारी दिए । अदालतले पत्रकार सम्मेलन गरी एक वर्षमा गरेको काम कारबाही सार्वजनिक गरेको हो ।

न्यायाधीश रावलले बितेको आवमा दुई हजार ३०५ वटा विभिन्न मुद्दा दर्ता भएकामा तीमध्ये एक हजार ४७१ वटा मुद्दा फछ्यौट भएको जानकारी दिए ।

  • २ श्रावण २०७५, बुधबार २०:४३ प्रकाशित
  • Nabintech