२० भदौ, काठमाडौं । एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ ।
श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो ।
नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो । नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन् ।
तर पनि समूह चरणमा भारत र पाकिस्तानविरुद्ध निडर र साहसिक प्रदर्शन गरेको भन्दै क्रिकेट समर्थकहरु टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।
![](https://kanchulikhabar.com/wp-content/uploads/2023/09/1-1024x666.jpg)
![](https://kanchulikhabar.com/wp-content/uploads/2023/09/2-1024x665.jpg)
![](https://kanchulikhabar.com/wp-content/uploads/2023/09/3-1024x665.jpg)
![](https://kanchulikhabar.com/wp-content/uploads/2023/09/4-1024x666.jpg)
![](https://kanchulikhabar.com/wp-content/uploads/2023/09/5-1024x666.jpg)
२० भाद्र २०८०, बुधबार १७:१५ प्रकाशित