२६ बैशाख २०८१, बुधबार
फरार सुचीमा रहेका सांसद यादव पक्राउ
  • काँचुली खबर

१८ भदौ, जनकपुरधाम । मधेश प्रदेशका स्वतन्त्र प्रदेश सांसद अनिरुद्ध सिंह यादव पक्राउ परेका छन् ।

कर्तव्यज्यान मुद्दामा उनलाई सोमबार दिउँसो करिब ३ बजे राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी प्रवीण पोखरेलले जानकारी दिए ।

एसपी श्रेष्ठका अनुसार रिताकुमारी चौधरीको जाहेरीले २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्यज्यान मुद्दामा गरेको आदेश अनुसार उनलाई पक्राउ गरिएको हो । प्रदेश सांसद यादव सप्तरी क्षेत्र नं. ४ (ख)बाट प्रत्यक्ष निर्वाचित छन् ।

प्रदेश सांसद यादवलाई पक्राउ गरी सोमबार नै जिल्ला अदालत सप्तरीमा हाजिर गराइएको छ । अदालतको आदेशमा सांसद यादवलाई पक्राउ गरी मुल्तवीमा राखी अनुसन्धान गर्नु भन्ने आदेश दिएको थियो ।

२०६४ सालमा भएको एउटा हत्या घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी फरारको सूचिमा थिए ।

यादवकै निर्देशनमा तत्कालिन खोक्सरप्रवाहा गाविस-१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप थियो । तत्कालिन बोदे बर्साइन गाविस-४ बाट २०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस-५ वैरिया टोलमा पुर्‍याई गोली हानी चौधरीको हत्या भएको थियो ।

उक्त विषयमा जाहिरीपरेपछि यादव फरार भएका थिए । अदालतमा हाजिर हुन म्याद जारी भएपनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको छ ।

मृतककी दिदी धनगढी गाविस-३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी जाहेरी दिएकी थिइन् ।

  • १८ भाद्र २०८०, सोमबार १८:०१ प्रकाशित
  • Nabintech