भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
  • काँचुली खबर

१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ्ग गर्ने अवसर पाएको हो ।

श्रीलंकाको पाल्लेकिल्ले स्टेडियमा यसअघि भारत र पाकिस्तानले खेलेकै पीचमा नेपाल र भारतको खेल खेलाइँदै छ ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

भारतको प्लेइङ ११ :

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इसान किसान, हार्दिक पाण्डेय, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदिप यादव, मोहम्मद सामी र मोहम्मद सिराज ।

  • १८ भाद्र २०८०, सोमबार १५:०० प्रकाशित
  • Nabintech