१३ बैशाख २०८१, बिहीबार
नेपालगन्ज भन्सारबाट १० अर्ब राजश्व संकलन
  • काँचुली खबर

नेपालगन्ज भन्सार कार्यालयले आर्थिकबर्ष २०७४|७५ मा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । भन्सार कार्यालयले १० अर्ब २७ करोड २२ लाख रुपौयाँ राजश्व संकलन गरेको सूचना अधिकारी समेत रहेका भन्सार अधिकृत सुबास श्रेष्ठले जानकारी दिए ।
नेपालगन्ज भन्सार कार्यालयले आर्थिक बर्ष २०७४|७५ का लागि आठ अर्ब ३७ करोड ६४ लाख ५२ हजार रुपिया राजश्व संकलनको लक्ष्य पाएको थियो । लक्ष्यको ११७ प्रतिशत राजश्व संकलन गर्न सफल भएको भन्सार अधिकृत श्रेष्ठले बताए । लक्ष्य भन्दा करिब दुई अर्ब रुपौयाँ बढि राजश्व संकलन भएको छ ।
भन्सार कार्यालयका अनुसार गत आर्थिक बर्षमा साउन र कात्तिक महिनामा मात्रै लक्ष्य भन्दा कम राजश्व संकलन भएको थियो ।
नेपालगन्ज भन्सारबाट भारतबाट पेट्रोलियम पदार्थ, उद्योगका लागि आवश्यक कच्चा पदार्थ, खाद्यान्न लगायत बढि भन्सार महसुल संकलन हुने सामाग्रीहरु भित्रिने गरेका छन् । नेपालगञ्ज भन्सारमा पनि सामान निर्यात भने न्यून रहेको छ ।

  • २ श्रावण २०७५, बुधबार १९:२९ प्रकाशित
  • Nabintech