१६ चैत्र २०८०, शुक्रबार
मुक्त घोषणा गरेको १८ बर्ष
  • काँचुली खबर

सरकारले कमैया मुक्त घोषणा गरेको १८ बर्ष भैसकेतापनि  । २०५७ साल श्रावण २ गतेका दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले बांक,े बर्दिया, दाङ्ग, कैलाली र कञ्चनपुरमा रहेका सम्पुण कमैयाहरुलाई मुक्ति भएको घोषणा गरेको थियो । त्यति मात्र नभई सरकारले २०६५ सालमा मुक्त कमैयारहीत जिल्ला भनेर बांके दाङ्ग र कन्चनपुरलाई घोषणा ग¥यो । तर मुक्त कमैया रहित जिल्ला घोषणा गरेको बांकेमा मात्रै अझैपनि ३ हजार ५०० बढि मुक्त कमैयाको पुर्नसथापना गर्न बांकी रहेको मुक्तकमैया संग सम्बन्धित संघसस्थाहरुले दावी गर्छन् । मुक्त कमैयाको व्यवस्थापन नहुंदै २०६५ सालमा कमैया रहित जिल्ला घोषणा गरिएको भन्दै घोषणा तत्काल फिर्ता लिई कमैया जिल्ला पुर्नस्थापना समिति गठन गरी गणनाबाट छुटेका कमैयाहरुको छानबिन गरीनुपर्ने मुक्त कमैयाहरुको माग छ । पुनस्र्थापित मुक्त कमैया परिवार मध्ये बांकेमा १ हजार ७४३ ले घर बनाउन दिने भनिएको ३५ क्यूफिट काठ र ४०० बढि परिवारले प्रति परिवार घर बनाउन सरकारले दिने भनेको ५० हजार समेत अझैसम्म पनि अनुदान नपाएको गुनासो छ  । 
मुक्त कमैयाको अधिकारका लागि काम गर्ने संस्था कमासु दिगो विकास समाजका अनुसार बर्दियामा अझै करिब २ हजार जना मुक्त कमैया पहिचान हुन बाट बञ्चित भएका छन भने बांकेमा ३ देखि १५ धुरसम्मको लालपुर्जा भएकाहरुको जग्गा पहिचान हुन सकेको छैन् । मुक्त कमैया समाजका अनुसार जग्गाधनी पुर्जा पाएका तर जग्गा थाह नपाएका ५० बढि घर परिवार रहेका छन् ।

 

बांकेको कोहलपुर चौराह नजिकैको लोकनगरमा ७ बर्षअघिदेखि बसोबास गर्दै आईरहेका मुक्तकमैयालाई सरकारले जग्गाधनी प्रमाणपत्र उपलब्ध गराएपनि केहि मुक्तकमैयाहरुले अहिलेसम्म आफ्नो नाममा भएको जग्गा पहिचान गर्न सकेका छैनन । लोकनगरमा रहेका ८ सय ३६ मुक्तकमैया परिवारलाई सरकारले २०६५ चैत्र ४ गते १० देखि १६ धुर सम्म जग्गा उपलब्ध गराएको थियो । सामान्य आधारभुत आबस्यक्ता समेत राज्यले पुरा पुरा नगरेको उनिहरुको गुनासो छ । वर्तमान सरकारको पाँच वर्षे कार्यकालमा मुक्त कमैयाहरु सबैको पुर्नस्थापना हुने र उनीहरुले सुनिश्चित आर्थिक जीवन पाउने आशा एवं विश्वाश लिएको कोहलपुर नगरपालिका ११ का चुल्हेराम थारु बताउछन । कोहलपुर नगरपालीकाका नगर प्रमुख लुटबहादुर रावतले नगरपालीका भित्र रहेका मुक्त कमैयाहरुका लागी आबस्यक आधारभुत आबस्यक्ताहरुको ब्यवस्था गर्दै मुक्त कमैयाको आयआर्जन बढाउने योजना बनाएको बताउनुभयो ।

जिल्ला भुमिसुधार कार्यालय बांकेका अनुसार बांकेमा २ हजार २ सय ६७ मुक्त कमैया भएकोमा क र ख बर्गका १ हजार ८ सय ३८ परिवारवालाई २०६५ साल अगाडि नै पुनस्र्थापना गरिएको छ । बांकी परिवारसंग जग्गाधनी प्रमाणपुर्जा भएका कारण उनिहरुलाई पुनस्र्थापना गर्न नपर्ने कार्यालयले जनाएको छ । मुक्त कमैया समाज बांकेका अनुसार २०५९ सालमा भएको लगतमा छुटेका २ हजार ६०९ जना मुक्त कमैयाको बास्तविक लगत लिन अझै पनी बांकी छ ।

  • २ श्रावण २०७५, बुधबार १७:२७ प्रकाशित
  • Nabintech