२० बैशाख २०८१, बिहीबार
माओवादि केन्द्र काेहलपुर समितिकाे विस्तारित बैठक सुरू
  • काँचुली खबर

९ भदौ, काेहलपुर । नेकपा माओवादी केन्द्र काेहलपुर नगर समितिको बिस्तारित बैठक काेहलपुरमा सुरु भएको छ ।

“जनतासँग माओवादी विशेष रूपान्तरण अभियान” अन्तर्गत काेहलपुर अभियान संयाेजक तथा पार्टिकाे केन्द्रीय सदस्य दामा शर्माकाे उपस्थिति र काेहलपुर नगर समिति अध्यक्ष अबराज खड्काकाे अध्यक्षतामा बैठक सुरू भएकाे हाे ।

बैठकमा काेहलपुर नगरपालिकाका १५ वटै वडा कमिटिका अध्यक्षहरुले पालिकास्तरीय रिपोर्टिङ गरीरहेका छन । पार्टी रुपान्तरणकालागि देशब्यापी रुपमा संचालन गरीएको अभियान अन्तर्गत सुरु भएको बैठकले सकारात्मक सन्देश प्रवाह गर्नुकासाथै महत्वपूर्ण निर्णय गर्ने बताईएको छ ।

बैठकमा केन्द्रिय, प्रदेश, जिल्ला, नगर र पालिकास्तरका नेता कार्यकर्ताहरूकाे बाक्लो उपस्थिति रहेको छ ।

  • ९ भाद्र २०८०, शनिबार १४:१० प्रकाशित
  • Nabintech