१९ बैशाख २०८१, बुधबार
निर्वाचन अपडेट : अध्यक्ष सहित अधिकाशं पदमा समावेशी प्यानल बिजयी
  • काँचुली खबर

४ भदाै, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा समावेशी प्यानलका अधिकाशं उमेद्दवार विजयी भएका छन । शनिबार भएकाे निर्वाचनकाे अन्तिम मत परिणाम अनुसार अध्यक्ष पदमा समावेशी प्यानलका टंक धामि निर्वाचित भएका छन ।

धामीले दुई हजार ४ सय ५६ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी साझा प्रजातान्त्रिक प्यानलका उम्मेदवार ललित कुमार रौनियारले एक हजार ५ सय ६६ मत प्राप्त गरेका थिए । पराजित भएका रौनियार भन्दा धामीले आठ सय ९० मत बढी प्राप्त गरेका थिए ।

त्यसैगरी, उपाध्यक्षमा समावेशी प्यानलकै उम्मेद्वार बिजयी भएका छन । उद्योग तर्फकाे उपाध्यक्षमा चिरञ्जीवी वलि, बाणिज्य तर्फकाे उपाध्यक्षमा हरिलाल न्यौपाने तथा महिला तर्फकाे उपाध्यक्षमा मन्दिरा पाण्डे विजयी भएका हुन । ओलीले २१०५ मत ल्याए भने उनका प्रतिद्वन्द्वी सफिक बेहनाले १२३३ मत ल्याए । बाणिज्य उपाध्यक्षतर्फ न्यौपाने १७७६ मत सहित निर्वाचित भए । महिला उपाध्यक्ष तर्फ पाण्डे १८७७ सहित बिजयी भइन ।

त्यसैगरी महासचिवमा भिम रानाभाट, उपमहासचिवमा टेकबहादुर खड्का र काेषाध्यक्षमा मख्खन धामी निर्वाचित भएको छन् । महासचिवकाे हकमा झिनो मतान्तर भए पछि बिवाद उत्पन्न भएपछि पुन: मतगणनाकाे माग गरिएको छ । काेषाध्यक्षमा निर्वाचित धामी प्रजातान्त्रिक प्यानलबाट उम्मेद्वार बनेका थिए ।

त्यसैगरी सदस्यमा समावेशी प्यानलका ७ र साझा प्रजातान्त्रिक प्यानलका ३ जना विजयी भएका छन् ।

विजयी भएका सदस्यहरुमा समावेशी प्यानलबाट बिष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिरा कुमारी शाही, सुदन केसी, तोप बहादुर थापा, टिकामणि रिजाल शर्मा, बुद्धि बहादुर बि.क. रहेका छन् भने साझा प्रजातान्त्रिक प्यानलबाट शिबराज दाहाल, युवराज ढकाल, सन्तोष कुमार पौडेल रहेका छन् ।

त्यसैगरी एशोसियट सदस्य तर्फ समावेशी प्यानलबाट कमल कार्की र साझा प्रजातान्त्रिक प्यानलबाट प्रदिप कुमार गुप्ता विजयी भएका छन् । बस्तुगत सदस्य तर्फ स्वतन्त्र उम्मेदवार किसन गुरुङ र साझा प्रजातान्त्रिक प्यानलबाट हिमनाथ पौडेल र विनय श्रेष्ठ निर्वाचित भएका छन् । बस्तुगत तर्फ पौडेल र श्रेष्ठको बराबर मत आएपछि दुवैजनाले आधा आधा कार्यकाल बाँड्ने बताइएको छ ।

संघकाे निर्वाचनमा कुल चार हजार ९ सय ३१ मत मध्ये ४ हजार १ सय ३२ मत खसेको थियाे ।

  • ४ भाद्र २०८०, सोमबार ०९:०२ प्रकाशित
  • Nabintech