१९ बैशाख २०८१, बुधबार
नेपालगन्ज वाणिज्य संघ अध्यक्षमा धामि बिजयी
  • काँचुली खबर

३ भदाै, नेपालगन्ज । भनेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा समावेशी प्यानलका उम्मेदवार टंकबहादुर धामी विजयी भएका छन् ।

धामीले दुई हजार ४ सय ५६ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी साझा प्रजातान्त्रिक प्यानलका उम्मेदवार ललित कुमार रौनियारले एक हजार ५ सय ६६ मत प्राप्त गरेका थिए । पराजित भएका रौनियार भन्दा धामीले आठ सय ९० मत बढी प्राप्त गरेका थिए ।

कुल चार हजार १ सय ३२ मत खसेकोमा अध्यक्ष पदमा एक सय १० मत बदर भएको थियो ।

त्यसैगरी, सदस्यमा समावेशी प्यानलका ७ र साझा प्रजातान्त्रिक प्यानलका ३ जना विजयी भएका छन् ।

उपाध्यक्ष तीनजना, महासचिव, उपमहासचिव र कोषाध्यक्ष पदका लागि मतगणना जारी रहेको छ ।

विजयी बनेका अध्यक्ष र सदस्यहरुको औपचारिक घोषणा हुन भने बाँकी छ ।

  • ३ भाद्र २०८०, आईतवार २३:०७ प्रकाशित
  • Nabintech