१९ बैशाख २०८१, बुधबार
वाणिज्य संघको निर्वाचन : उपाध्यक्षको मतगणना सुरु, अध्यक्षमा धामी अगाडी
  • काँचुली खबर

३ भदौ, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत उपाध्यक्ष पदकालागि मतगणना सुरु भएको छ । प्रारम्भीक मतगणना अनुसार उपाध्यक्षमा चिरञ्जीवी ओली र मन्दिरा पाण्डेले अग्रता लिएका छन ।

उनिहरु टंक धामी नेतृत्वको समावेशी प्यानलबाट उम्मेदवार बनेका हुन । ओली र पाण्डेले समान ६५ मत प्राप्त गरेका छन भने सफिक बेहनाले ५९, हरिलाल न्यौपानेले ६४, विष्णु श्रेष्ठले ६४ र करिस्मा योगिले ५५ मत प्राप्त गरेका छन ।

पछिललो मतगणनामा अध्यक्ष पदका उम्मेदवार टंक धामीले आफ्नो प्रतिद्धन्दीसँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन । बेलुका ६ बजेसम्म १९६२ मतगणना भएकोमा धामिले ११४३ मत प्राप्त गरेका छन भने उनका प्रतिद्धन्दी ललित रौनियारले ७६३ मत प्राप्त गरेका छन ।

शनिबार सम्पन्न निर्वाचनमा ८३ प्रतिशत मत खसेको थियो । निर्वाचन समितिका अनुसार ४९३१ मतदाता मध्ये ४१३२ जनाले मतदान गरेका थिए ।

निर्वाचनमा व्यवसायीहरु दुई प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । साझा प्रजातान्त्रिक समूहबाट अध्यक्षमा ललितकुमार रौनियार नेतृत्वको प्यानल र समावेशी समूहबाट टंकबहादुर धामी नेतृत्वको प्यानलबिच चुनाव भएको थियो ।

  • ३ भाद्र २०८०, आईतवार १८:१४ प्रकाशित
  • Nabintech