१९ बैशाख २०८१, बुधबार
वाणिज्य संघको निर्वाचन : मतान्तर फराकिलो बनाउँदै धामी
  • काँचुली खबर

३ भदौ, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको मतगणना जारी छ । शनिबार सम्पन्न निर्वाचन अन्तर्गत आईतबार बिहानै देखी सुरु भएको मतगणनामा टंक धामी नेतृत्वको प्यानल अगाडी देखिएको छ ।

मतगणनाको प्रारम्भदेखी नै लिड गरीरहेका धामीले आफ्नो प्रतिद्धन्दीसँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन । बेलुका ५ बजेसम्म १३०४ मतगणना भएकोमा धामिले ७६१ मत प्राप्त गरेका छन भने उनका प्रतिद्धन्दी ललित रौनियारले ५०७ मत प्राप्त गरेका छन ।

शनिबार सम्पन्न निर्वाचनमा ८३ प्रतिशत मत खसेको थियो । निर्वाचन समितिका अनुसार ४९३१ मतदाता मध्ये ४१३२ जनाले मतदान गरेका थिए ।

निर्वाचनमा व्यवसायीहरु दुई प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । साझा प्रजातान्त्रिक समूहबाट अध्यक्षमा ललितकुमार रौनियार नेतृत्वको प्यानल र समावेशी समूहबाट टंकबहादुर धामी नेतृत्वको प्यानलबिच चुनाव भएको थियो ।

  • ३ भाद्र २०८०, आईतवार १७:०५ प्रकाशित
  • Nabintech