२७ बैशाख २०८१, बिहीबार
चेस्ट गार्डमा लुकाईएको २ किलो सुन बरामद
  • काँचुली खबर

फाईल तस्बिर ।

३ भदौ, रसुवा । प्रहरीले रसुवामा दुई किलो सुन बरामद गरेको छ । नियमित चेकजाँचका क्रममा चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख डीएसपी सुवास बुढाथोकीले बताए ।

शनिबार साँझ भएको चेकिङका क्रममा शंका लागेर चेक गर्दा टिमुरेबाट स्याफ्रुवेशी गइरहेका २४ वर्षीया सुदीप शेर्पा पक्राउ परेका थिए । उनलाई त्यो सुन टिमुरीका फुर्साङ्बु शेर्पाले दिएको पाइएपछि शेर्पालाई पनि पक्राउ गरिएको बुढाथोकीले बताए ।

बरामद सुन काठमाडौं लैजान लगिएको खुलेको छ । ‘सुन परीक्षण गरेर थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाएका छौं ‘, उनले भने ।

अनलाईनखबारबाट

  • ३ भाद्र २०८०, आईतवार १४:०४ प्रकाशित
  • Nabintech